समाचार

सुरु भयो लाइसेन्सको नवीकरण, वर्ग थप र राजस्व भुक्तानीको अनलाइन सेवा

सवारी चालक अनुमतिपत्र लाइसेन्सको नवीकरण, वर्ग थप र राजस्व भुक्तानी अनलाइन प्रक्रियाबाटै गर्न सकिने भएको छ ।

बागमती प्रदेशको एकान्तकुनामा रहेको यातायात कार्यालयमा सवारी चालक अनुमति पत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने प्रणालीको सुरूवात भएको छ । पहिलो चरणमा एकान्तकुनाबाट यो सेवा सुरू गरिएको हो ।‘सवारी चालक अनुमतिपत्रको अनलाइन राजस्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह प्रणाली विस्तार’ सेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरे ।

केही समयपछि बागमतीका सबै यातायात कार्यालयमा अनलाइनबाट नै ड्राइभिङ लाइसेन्सको राजस्व तिर्न सकिने उनले बताए ।

Related Articles

Back to top button