राजनीतिसमाचार

सत्य र तथ्यका आधारमा कलम चलाउन पत्रकारलाई राष्ट्रपति पौडेलको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारहरुलाई सत्य र तथ्यका आधारमा कलम चलाउन आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले पत्रकारिता जगत लोकतन्त्रको आधार स्तम्भ भएको बताउँदै विगतमा नेपाली पत्रकारिता जगतले लोकतन्त्रको स्थापना र पुनस्र्थापनमा मात्र नभई मुलुक अफ्ठ्यारो अवस्थाबाट गुज्रदा समेत आफ्नो पेसागत मूल्यमान्यता अनुरुप देश र जनतालाई सुसूचित गर्ने काममा सदैव अग्रसरता देखाएको बताए ।

मिथ्या सूचनाले सत्यलाई विस्थापन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलेको बताउँदै राष्ट्रपति पौडेलले यसले कहीँ न कहीँ देश, जनता र हाम्रो व्यवस्थालाई नोक्सान पु¥याउन सक्नेतर्फ सचेत हुन पनि आग्रह गरे ।

Related Articles

Back to top button