समाचार

नागढुङ्गा , नौबिसे सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु

स्थानीयको विभिन्न माग र अवरोधका कारण केही समय बन्द रहेको नागढुङ्गा–नौबिसे–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु गरिएको छ ।

सुरुङ मार्गको पूर्वी पोर्टल क्षेत्रका स्थानीयहरू र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबिच सहमतिपछि निर्माण कार्य पुनः सुरु भएको हो ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्माणका क्रममा सुरुङ मार्गको पूर्वी पोर्टको ८३ मिटरमाथि खाडल पर्दा क्षति भएको नौ वटा घरलाई अस्थायी स्थान्तरण गर्ने सहमति भएको बताउँदै सहमतिसँगै शनिबारदेखि सुरुङको काम पुनः सुरु भएको जानकारी दिए । उनका अनुसार पीडित पक्ष, त्यस क्षेत्रका सङ्घीय र प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि तथा आयोजना प्रमुखको रोहबरमा निर्णय भएपछि आयोजनाको काम सुरु भएको हो ।

सो सुरुङ मार्ग आयोजना क्षेत्रका आमनागरिकको समस्यालाई यथाशीघ्र सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट भएको निर्देशन बमोजिमसमेत स्थानीयसँग सहमति भएको मन्त्री ज्वालाले स्पष्ट पारे ।

Related Articles

Back to top button