अर्थतन्त्रसमाचार

दशैंका लागि अधिकांश हवाई टिकट बुकिङ भइसकेपछि मूल्य घटाउने सहमति

दशैंका लागि आन्तरिक उडानका करिब शतप्रतिशत टिकट बुकिङ भइसकेको छ ।

सोमबार पर्यटन मन्त्री सुदन किराती र व्यवसायीबीच महँगो वर्गको टिकट संख्या बिक्रीको प्रतिशत कम गरी कम मूल्य वर्गको टिकट बिक्री बढाउँदै जाने र बाहिरबाट फर्कने आन्तरिक उडानमा हवाई भाडादर घटाउँदै लैजाने सहमति भएको छ ।सहमतिबाट यात्रुलाई खास फाइदा भने हुने छैन । किनभने दशैंमा घरजाने अधिकांश यात्रुले टिकट बुकिङ गरिसकेका छन् ।

पछिल्लो केही दिनयता यस्तै गुनासो सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा बढेसँगै सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हवाई व्यवसायीसँग छलफल गरेका थिए ।

छलफलपछि निष्कर्ष निस्कियो, ‘हवाई इन्धन र वायुसेवाका पाटपूर्जाको मूल्यमा भएको वृद्धि, अस्थिर डलर विनिमय दर, हालसालै हवाई यातायात र यात्रु टिकटमा थपिएको मूल्य अभिवृद्धि कर तथा यात्रु सेवा शूल्क र विमानस्थल सेवा शुल्कमा भएको वृद्धि लगायत विविध कारणले स्वयम् वायुसेवा सञ्चालक नै मारमा परेका छन् ।’ अर्थात् जनता मारमा परे भन्दै मन्त्रीले डाकेको यस बैठकमा हवाई व्यवसायीले मन्त्री किरातीलाई व्यवसायी मारमा परेको भनेर ‘कन्भिन्स’ गराउन सफल भए ।

Related Articles

Back to top button