समाचार

पाँचथरमा सवारी दुर्घटना हुँदा आठ जना घाइते, एकको अवस्था गम्भीर

पाँचथरमा बुधबार दिउँसो ३ बजेतिर सवारी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

झापाको बिर्तामोडदेखि पाँचथरको ओयाम हिँडेकोको १ ज ५१३३ नम्बरको ट्याक्सी हिलिहाङ गाउँपालिका-७ टाहारीमा दुर्घटना भएको हो ।

दुर्घटनामा याङवरक-३ की ३९ वर्षीया जुनिता लावती, २३ वर्षीया भिमा नुगो, १६ वर्षीय पृथीराज चौहान, २० वर्षीया सुजा लिम्बू, १८ वर्षीया प्रतिक्षा न्यौपाने, झापाको दमक-७ निवासी ४ वर्षीय दिपशन मैनाली र उनकी आमा ३० वर्षीय बिनिता मैनाली घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।घाइतेमध्ये जुनिता लावती र पृथ्वीराज चौहानको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि झापा रेफर गरिएको पाँचथर अस्पतालले जनाएको छ । अन्य घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
ट्याक्सी अनियन्त्रित भएर सडकदेखि करिब २५ मिटर तल खड्कबहादुर राईको घरको छानामा खसेको थियो ।

ट्याक्सी चालक नरेन्द्र न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । न्यौपानेको पनि टाउकोमा चोट लागेको छ ।

Related Articles

Back to top button