अन्तर्राष्ट्रियअर्थतन्त्रसमाचार
भारतले नेपाललाई ९५ हजार टन चामल दिने

भारतले नेपालसहित सात देशलाई तोकिएको परिमाणमै गैरबासमती चामल निर्यातको अनुमति दिएको छ ।
जुलाई–२० बाट भारतले गैर बासमती चामलको निर्यातमा रोक लगाएको थियो । भारतको विदेश व्यापार महानिर्देशनालयले बुधबार जारी गरेको सूचना अनुसार नेपाललाई ९५ हजार टन चामल निर्यात गरिने छ ।चामलको निर्यात भारतको राष्ट्रिय सहकारी निर्यात लिमिटेडमार्फत हुनेछ । भारतले गएको साउनको पहिलो हप्ता बासमती बाहेकका चामलको निर्यातलाई रोक लगाएको थियो । भारतले आफ्नो स्थानीय बजारमा मूल्यवृद्धि रोक्न भन्दै निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा चामलको भाउ बढेको थियो । नेपाल सरकारले एक लाख टन चामल आयातको अनुमति दिन माग गर्दै भारत सरकारलाई पत्र लेखेको थियो ।
भारतले नेपालसहित क्यामरुन, आइभरी कोस्ट, मलेसिया, फिलिपिन्स, गिनी र सेशेल्सका लागि कोटा तोकेर चामल निर्यात खुला गरेको हो ।