अन्तर्राष्ट्रियसमाचार

गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज, ८ गते स्वदेश फर्किँदै

चीन भ्रमणको क्रममा हृदयाघात भएर अस्पताल भर्ना भएका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन्।

मन्त्री श्रेष्ठ पाँचदिने उपचारपश्चात् सोमबार डिस्चार्ज भएका हुन्। उनको सचिवालयकाअनुसार उनी कात्तिक ८ गते बिहान स्वदेश फर्किने छन्।त्यसअघि उनी कात्तिक ३ गते स्वदेश फर्किने तालिका रहे पनि बिरामी भएकाले ८ गते मात्रै स्वदेश फर्किने भएका हुन्।

बीआरआईसम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई हृदयाघात भएको थियो। लगत्तै उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा अस्पतालमा भर्ना गरिएको थियो।

Related Articles

Back to top button