समाचार

राष्ट्रपतिको हातबाट टीका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण

राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्चपदस्थ अधिकारीहरूलाई दसैंको टीका प्रदान गरेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा मंगलबार राष्ट्रपति पौडेलले आम सर्वसाधारणहरूलाई नेपालीहरूको ठूलो चाड बडासैंको उपलक्ष्यमा टीका लगाइदिएका हुन् ।

राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रतिनिधिसभा एवं राष्ट्रिय सभाका सांसदहरू, नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू, नेपाल सरकारका सचिवहरू, प्रहरीका उच्च पदस्थ अधिकारीहरूलाई टीका लगाइदिएका हुन् ।

राष्ट्रपतिले दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएका हुन् । टीका लगाउनको लागि उच्चपदस्थ र सर्वसाधारण राष्ट्रपति कार्यालय शितल निवासमा धेरै जना पुगेका थिए ।

Related Articles

Back to top button