समाचार

जाउलाखेलमा १४ कात्तिकदेखि गोदावरी फूलको प्रदर्शनी

फ्लोरिकल्चर एसोसिएसन नेपालले रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने नाराका साथ गोदावरी फूलको १६ औं प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको छ ।ललितपुरमा कात्तिकको १४ गते देखि गोदावरी फूलको प्रदर्शनी आयोजना हुने भएको हो ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पुष्प व्यवसायीहरुको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनले यस्तो जानकारी दिएको हो ।ललितपुरको जाउलाखेलस्थित फुटबल मैदानमा १४ कात्तिकदेखि १८ कात्तिकसम्म ५ दिन मेला आयोजना हुने एसोसिएसनले जनाएको छ । मेलामा ६२ वटा प्रदर्शनी कक्षहरु रहने छन् ।

प्रतियोगितात्मक प्रदर्शनीमा ५ वटा प्रजातीका गोदावरी फूलको प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।मेलामा १ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने एसोसिएनको अनुमान छ ।

Related Articles

Back to top button