समाचार

राष्ट्रपति पौडेलसमक्ष महासचिव गुटेरेसको शिष्टाचार भेट

राष्ट्रपति राम चन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शिष्टाचार भेटवार्ता भएको छ ।

आइतबार राष्ट्रपति भवन शितल निवास पुगेर महासचिव गुटेरेसले राष्ट्रपति पौडेलसमक्ष शिष्टाचार भेट गर्नुभएको हो ।राष्ट्रपति पौडेलसँगको भेटमा महासचिव गुटेरेसले नेपालमा जलवायु परिवर्तनका कारण भइरहेको असरका बारेमा छलफल गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘लामो समयदेखि नेपालको विकास साझेदारको रुपमा रहेको संयुक्त राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकता तथा महत्त्वमा राखेको कुरा बताउनुहुँदै संयुक्त राष्ट्रसंघ तथा यस अन्तर्गत विशिष्टकृत एजेन्सी, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवम् दिगो विकास लक्ष्य प्राप्तिमा पुर्याएको निरन्तर सहयोग र योगदानका लागि धन्यवाद समेत व्यक्त गर्नुभयो ।’’

महासचिव गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग भेट गर्नुभएको थियो ।

चार दिने नेपाल भ्रमणका क्रममा रहनुभएका उहाँले सोमबार र मङ्गलबार पोखरा, लुम्बिनी, सोलुखुम्बुस्थित सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्पको भ्रमण गर्ने र मङ्गलबार संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

Related Articles

Back to top button