समाचार

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा दुईवटा विधेयक पेस

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा दुईवटा विधेयक पेस भएको छ ।

आईतवारको बैठकमा “बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० प्रश्तुत भएको छ भने “भन्सार विधेयक, २०८० प्रस्तुत भएको हो ।दुवै विधेयक अर्थमन्त्री डा.प्रकाशशरण महतको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भन्सार विधेयक, २०८० मा वैदेशिक सहायतामा सञ्चालित आयोजनाका लागि आवश्यक वस्तु आयात गर्दा उच्चस्तरीय कर सुधार आयोगको सुझावको आधारमा पुनरावलोकन गरी कार्यान्वनय गरिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।उहाँले भन्सार विभागका महानिर्देशक लगायत भन्सार कार्यालयका सबै कर्मचारीको कार्य जिम्मेवारी तोक्ने व्यवस्था विधेयकमा प्रश्ताव गरिएको उल्लेख गर्नुभयो ।

अन्तर्राष्ट्रिय व्यापार नियम र व्यापार प्रवद्र्धन सहजीकरण तथा सुविधाका कारणबाट सिभिल कन्टेनर सेवा सरकारले नै गर्नुपर्ने अवस्था नरहेको र अन्तर्राष्ट्रिय व्यापारको प्रवृत्ति र अन्तर्राष्ट्रिय अभ्यासको आधारमा सबै निकासी पैठारी सम्बन्धी कार्य सरकारी निकायबाट मात्र गर्न सम्भव नहुने कानूनमन्त्री गुरुङको भनाइ छ ।

Related Articles

Back to top button