अर्थतन्त्रसमाचार

तिहारका लागि राष्ट्र बैंकले सुन र चाँदीको सिक्का बिक्री गर्ने

तिहारको अवसरमा नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।

महाशाखाले कात्तिक १९ गतेदेखि २४ गतेसम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार प्रति व्यक्ति एक सेट सुनको असर्फी र चाँदीमा सिक्का एक सेट खरिद गर्न सकिने छ । एक सेट असर्फीमा १० ग्राम, ५ ग्राम र २.५ ग्रामका असर्फी हुनेछन् भने एक सेट चाँदीका सिक्कामा गाईअङ्कित २५ ग्रामको एउटा, गाईअङ्कित १० ग्रामको एउटा, लक्ष्मीअङ्कित १० ग्रामको एउटा, गणेशअङ्कित १० ग्रामको एउटा र गजलक्ष्मीअङ्कित १० ग्रामको एउटा सिक्का हुनेछन् ।

असर्फी र सिक्का खरिद गर्न नगद वा क्युआर मार्फत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । सुनको असर्फीको मूल्य हरेक दिन बिहान ११ बजे प्रकाशित हुने पनि बैंकले जनाएको छ ।

Related Articles

Back to top button