खेलकुदसमाचार

नेपालको सेमिफाइनल खेल घरमै बसेर हेर्न दर्शकसँग क्यानको अनुरोध

नेपाल क्रिकेट संघ (क्यान) ले टी—२० विश्वकप छनोटअन्तर्गत शुक्रबार हुने नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिचको सेमिफाइनल खेल घरमै बसेर हेर्न समर्थकहरुसँग आग्रह गरेको छ । नेपाल र यूएईबिचको सेमिफाइनल खेल मुलपानी क्रिकेट मैदानमा खेलिने छ ।

‘सेमिफाइनल खेलका लागि मात्र तीन हजार पाँच सय टिकट अनलाइनमार्फत आईएमई पेबाट काट्न सकिने छ । मैदानमा टिकट बुथ हुने छैन । तसर्थ निश्चित संख्यामा उपलब्ध हुने सेमिफाइनल खेलको टिकट आईएमई पेमार्फत काट्न अनुरोध गरिन्छ ।

सम्पुर्ण दर्शकलाई नेपालको सेमिफाइनल खेल सकभर घरमै बसेर हेर्नु हुन हामी हार्दिक अनुरोध गर्दछौं,’ क्यानले भनेको छ ।

Related Articles

Back to top button