समाचार

सरकारमा रहेको माओवादी सडक सङ्घर्षमा

नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर २२ गते काठमाडौँमा आयोजना हुने जनप्रदर्शनलाई लिएर गलत टिकाटिप्पणी भएको भन्दै खण्डन गरेको छ । पार्टी कार्यलय पेरिसडाडामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै ‘सरकारमा रहेको माओवादी सडक सङ्घर्षमा’ भनी सार्वजनिक भएका टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको हो । पार्टी उपाध्यक्ष एव्म प्रवक्ता अग्नि सापकोटाले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’अन्तर्गत जनपरिचालनका कार्यक्रम मात्र आयोजना गरिएको स्पष्ट पारे ।

यसबारे बुधबार पार्टी अध्यक्ष एव्म प्रधानमन्त्री पुष्पकमल दाहालले समेत आफुहरुको अभियानबारे गलत प्रचार भएको बताएका थिए । यसअघि गत मंगलबारको माओवादी बैठकले आगमी मंसिर २२ गते काठमाडौंमा जनतासंग माओवादी विशेष रुपान्तरण अभियान गर्ने निर्णय गरेको थियो । पार्टीको जनतासंग माआवादी अभियान पार्टी र राज्यको रुपान्तरण र शुद्धिकरण भएको सापकोटाले बताए ।

त्यसैगरी माओवादीले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले ठूलो योगदान पुराएको जनाएको छ । सापकोटाले महासचिव गुटेरेसले नेपाल भ्रमण क्रममा गरेको अभिव्यक्तिले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन महासचिवको भ्रमणले दलहरुलाई सघाएको बताएका हुन् ।

उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन सबै राजनीतिक दलप्रति संवाद भइरहेको जानकारी दिए । दलहरुका बीचमा १२ बुँदे सम्झौताका पक्षधरका बीचमा समीक्षासहितको बैठक बस्नुपर्ने सहमति जुटेको उनको भनाइ छ ।

Related Articles

Back to top button