समाचार

भूकम्पपीडितको उद्धार र राहतका लागि नेकपा एमालेले सरकारलाई एक करोड उपलब्ध गराउने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भूकम्पपीडितकाे उद्धार र राहतका लागि सरकारलाई एक कराेड रुपैयाँ लाख उपलब्ध गराउने भएकाे छ।

जाजरकाेट र रुकुम-पश्चिम जिल्लामा पीडितहरूकाे उद्धार र राहतका लागि सरकारलाई एक कराेड रुपैयाँ लाख उपलब्ध गराउने निर्णय भएकाे एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार सबैलाई उद्धारमा खटिनका लागि अनुराेधसमेत गरेको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट दुई जिल्लामा ठूलो धनजनको क्षति भएको थियो ।

Related Articles

Back to top button