समाचारस्वास्थ्य

पाटन अस्पतालमा सुई लगाइदिए लगत्तै २ बिरामीको मृत्यु

पाटन अस्पतालमा दुई बिरामी सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको छ ।

अस्पताल भर्ना भएका दुई बिरामीलाई शनिबार दिउँसो ड्युटीमा रहेका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि दिएका थिए । त्यसको पाँच मिनेटमै दुबै बिरामीको मृत्यु भएको थियो ।

ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको हो । मृतकका आफन्तले भने स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण मृत्यु भएको आरोप लगाएका छन् ।

Related Articles

Back to top button