खेलकुदसमाचार

अफगानिस्तानले अस्ट्रेलियालाई दियो २९२ रनको लक्ष्य

विश्वकप क्रिकेटअन्तर्गत मंगलबारको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २९२ रनको लक्ष्य दिएको छ ।

मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा २९१ रन बनाएको हो ।

अफगानिस्तानका लागि ओपनर इब्राहिम जदरानले शतकीय पारी खेले । १४३ बल सामना गरेका उनले ८ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै रशिद खानले १८ बलमा २ चौका र ३ छक्कासहित ३५ रन बनाए । त्यस्तै रहमत शाहले ३० रन बनाउँदा कप्तान हसमतुल्लाह शाहिदीले २६ रन बनाए ।

Related Articles

Back to top button