खेलकुदसमाचार

विश्वकप छनोटमा खेल्ने खेलाडी छनोट

फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत दोस्रो चरणको खेल खेल्नका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ ।

शुक्रबार नेपाली टोलीलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङसँगै अन्य एन्फा पदाधिकारीहरूले बिदाइ गरेका हुन् ।

छनोटको दोस्रो चरणअन्तर्गत नेपालले बहराइन, यमन र यूएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले कार्तिक ३० गते यूएईसँग उसैको मैदानमा खेल्नेछ ।

छनोटका लागि नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले २३ सदस्यीय टिमको घोषणा पनि गरेका छन् । नेपाली टिममा तीन नयाँ अनुहारले स्थान बनाउँदा नियमित सदस्य अनन्त तामाङ भने चोटका कारण बाहिरिएका छन् ।

नेपाली टिम :

गोलकिपर : किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल

रक्षक : सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक बिष्ट, छिरिङ लामा, योगेश गुरुङ

मिडफिल्डर : लाकेन लिम्बू, उत्सव राई, कृतिशरत्न छुन्जु, मनिष डाँगी, सेहाङ आङ्देम्बे, निशान हमाल

फरवार्ड : अन्जन बिष्ट, आयुष घलान, गिलेस्पेजंग कार्की, हिसुब थपलिया, सञ्जीव बिष्ट, राजेश परियार

Related Articles

Back to top button