अन्तर्राष्ट्रियसमाचार

आज कुकुर तिहार , लक्ष्मी पुजा पनि आजै मनाइँदै

यमपञ्चकको दोस्रो दिन आज घरघरमा विशेष पूजाआजा गरी कुकुरलाई माला लगाई दिएर, मीठो मीठो खान दिएर कुकर तिहार मनाइदै छ ।

हरेक वर्ष तिहारको दोस्रो दिनमा यमदूतको रुपमा कुकुरको विशेष पूजा गर्ने परम्परा रहेको छ । इमान्दार र घरको रक्षकको रुपमा कुकुरलाई आज माला लगाइदिने, रोटी, खीर लगायतका मीठा मीठा खानेकुरा खान दिने प्रचलन रहेको छ ।

आजको दिनलाई नरक चतुर्दशी तथा नर्के चतुर्दशी पनि भन्ने गरेको पाइन्छ । नरक चतुर्दशीको दिन विहानै ननुहाई केही खानु हुन्न भन्नै हिन्दू मान्यता रहेको छ ।यो वर्ष लक्ष्मीपूजा पनि आजकै दिन परेको हुँदा लक्ष्मीको भव्य पूजा गरी बत्ति, माला तथा फूलले घर सजाएर लक्ष्मीको स्वागत गरी आजै साँझ लक्ष्मीपूजा पनि मनाइँदै छ ।

आजको दिन लक्ष्मीको पूजा गरे आफ्नो घरमा लक्ष्मीको बास हुने, धनधान्य हुने, श्रीबृद्धि हुने आदि मान्यता रहेको छ ।

Related Articles

Back to top button