समाचारसूचना प्रबिधि

काठमाडौं महानगरपालिकाले २७ जना मेडिकल अधिकृत र ५ जना खाद्यविज्ञका आवेदन खुला

 

काठमाडौं महानगरपालिकाले २७ जना मेडिकल अधिकृत र ५ जना खाद्यविज्ञका लागि आवेदन खुला गरेको छ ।

शनिबार महानगरपालिकाले एक सूचना जारी गर्दै आठौं तहको मेडिकल अधिकृतको लागि एमबीबीएस उतीर्ण गरेका जनशक्ति माग गरेको हो । महानगरका अनुसार शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरुका लागि करारमा डाक्टर माग गरिएको हो ।

महानगरले सञ्चालन गर्न लागेको ल्याबको लागि खाद्य विज्ञ माग गरेको छ । महानगरपालिकाले सातौं तहको माइक्रोबाइलोजिस्ट २ जना, फुड टेक्नोलोजिस्ट ३ जना मागेका छ्न ।

महानगरका कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाका अनुसार खाद्य सम्बन्धी गुणस्तर मापन गर्न महानगरपालिकाले आफ्नै कर्मचारी राख्न लागेको हो ।

‘हामी आफैं ल्याब सञ्चालन गरेर, महानगरले गरेको अनुगमनको रिपोर्टका आधारमा कारबाही गर्छौं, अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मार्फत काम गरिरहेका छौं । फुड इन्सपेक्टरको रुपमा विज्ञहरुले काम गर्छन्’, डा. झाले भने ।

Related Articles

Back to top button