खेलकुदसमाचार

विश्वकप क्रिकेटकाे सेमिफाइनलमा भारतकाे उत्कृष्ट शुरुवात

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे पहिलाे सेमिफाइनल अन्तर्गत न्युजिल्यान्डसँगकाे खेलमा भारतले उत्कृष्ट शुरुवात गरेकाे छ ।

मुम्बईकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे भारतले ३३ ओभरकाे खेल सकिँदा १ विकेट गुमाएर २ सय ३८ रन बनाएकाे छ । भारतका कप्तान राेहित शर्मा ४७ रन बनाएर आउट भए । २९ बल खेलेका राेहितले ४ छक्का र ४ चाैका प्रहार गरे ।आजकाे खेलमा राेहित शर्माले विश्वकपमा सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड बनाएका छन् । गेलले ३५ खेलमा ४९ वटा छक्का प्रहार गरेका थिए ।

राेहित शर्माले मात्र २७ खेलमा ५१ वटा छक्का प्रहार गरेका छन् ।

Related Articles

Back to top button