‘जब रक्सी भित्र छिर्छ, नेपालीहरुको अंग्रेजी बाहिर आउँछ’ भन्ने भनाइ हामी सबैले सुनेका छौं। कतिपय अवस्थामा अलि-अलि अंग्रेजी बोल्न जानेको मान्छे नसामा धाराप्रवाह बोलेको सुनेका पनि छौं।
हामी ठान्छौं, रक्सीको सुरमा अंग्रेजी बोल्ने वा बोल्न खोज्ने मान्छेले नाटक गरेका हुन्। के साँच्चै नाटक गरेका हुन् ? वा, यसरी अंग्रेजी बोल्नुको पछाडि कुनै वैज्ञानिक कारण पनि छ ? हामीले लामो समयदेखि ‘मिथ’ बनाउँदै आएको रक्सी र अंग्रेजी भाषाबीचको यो सम्बन्ध हालै एक वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको छ।
अनुसन्धानले भन्छ, ‘मान्छेले कुनै नयाँ भाषा सिकिरहेको छ भने सामान्य अवस्थामा भन्दा रक्सीको हल्का नसामा बढी धाराप्रवाह बोल्नसक्छ।’ यसको मतलब सामाजिक जमघट वा बीच बाटैमा रक्सीले मातेर अंग्रेजी बोल्नेहरू सामान्य नै रहेछन्। उनीहरूले त्यसो गर्नुमा वैज्ञानिक आधार रहेछ।
के हो त त्यो वैज्ञानिक आधार ?
मान्छेले कुनै पनि नयाँ काम तबसम्म गर्न सक्दैन, जबसम्म संकोच मान्छ। अनुसन्धानकर्ताका अनुसार सीमित परिमाणमा खाएको रक्सीले मान्छेको संकोच कम गराउँछ। संकोच कम भएपछि नयाँ काम गर्दा मनमा उत्पन्न हुने हड्बडाहट र हिच्किचाहटलाई सजिलै जित्न सकिन्छ। यो त मानसिक अवस्थाको कुरा भयो। यति मात्र कारणले फर्रर अंग्रेजी बोल्न सकिने होइन। यसमा रक्सीले मान्छेको शारीरिक अवस्थामा ल्याउने परिवर्तन पनि जिम्मेवार छ।
रक्सीको नसाले सबभन्दा पहिला हाम्रो मस्तिष्कको सोच्ने वा विश्लेषण गर्ने प्रणाली कमजोर बनाइदिन्छ। यसले हाम्रो स्मरणशक्तिमा मात्र होइन, सतर्क वा चनाखो रहने क्षमतामा पनि नकारात्मक असर पुर्याउँछ। सोच्ने शक्ति र चनाखो रहने क्षमतामा एकैचोटि रक्सीले प्रहार गरेपछि मान्छेको आत्मविश्वास ह्वात्तै बढ्छ। उ आफूलाई क्षमताभन्दा बढी आँक्न थाल्छ। र, यही अवस्थाले अंग्रेजी बोलाइ धाराप्रवाह हुन्छ। रक्सी र भाषासँग जोडिएको यो वैज्ञानिक निष्कर्ष बेलायती तथा डच अनुसन्धानकर्ताहरूको हो।

सन् १९७२ मा भएको यस्तै अध्ययनमा थोरै परिमाणको रक्सी सेवनले थाइभाषीहरूको अंग्रेजी उच्चारणमा सुधार देखिएको थियो। ‘यो अध्ययनले मान्छेको मानसिक अवस्था मापन गर्दैन, तर अलिकति रक्सी खाएपछि संकोच हट्ने र ऊ बिनाहिच्किचाहट नयाँ भाषा बोल्न सक्षम हुन्छ भन्ने हाम्रो निष्कर्ष हो,’ ‘यसले विदेशी भाषा बोल्न हच्किनेहरूमा भाषिक शुद्धताका साथै धाराप्रवाह बोल्ने क्षमता पनि विकास गराएको हामीले पाएका छौं।’