समाचारसूचना प्रबिधि

टिकटककाे सातबुँदे प्रश्नमा नेपालले पठायाे एकबुँदे जवाफ

नेपालमा टिकटक प्रतिबन्ध लागेपछि सिंगापुरस्थित टिकटकले नेपाल सरकारलाई पठाएको पत्रको जवाफ नेपालले पठाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल सरकारको तर्फबाट शुक्रबार टिकटकलाई पत्र पठाएको थियो । ‘नेपाल सरकारले गरेको निर्णयअनुसार नेपालमा टिकटक बन्द गराउन सहयोग गर भन्दै पत्र पठाएका थियो ।’ यसअघि टिकटकले पनि नेपालमा बन्द गरिएपछि पत्र पठाएको थियो ।

गत शनिबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि प्राधिकरणले नेपालस्थित इन्टरनेट सेवा प्रदायक संस्थालाई टिकटक बन्द गराउन निर्देशन दिएपछि अहिले नेपालमा टिकटक सामान्य रुपमा खुल्दैन ।तर, भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) र डोमिन नेम स्टिम (डीएनएस) सेटिङ गरेर अहिले प्रयोगकर्ताहरूले टिकटक चलाइरहेका छन् । यसरी हेर्दा टिकटकमाथिको सरकारी प्रतिबन्ध असफल देखिएको छ । सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिथोलिएको तर्क गर्दै टिकटकमाथि प्रतिबन्ध लगाएको हो ।

प्राधिकरणले अवैधानिक हिसाबले टिकटक चलाइएकाले यसलाई सरकार असफल भएको भन्न नमिल्ने तर्क गरेका छन् । नेपालले हरेक महिना २ अर्ब बराबरको आईपीएस बेन्डविथ खरिद गर्दै आएको छ । यसको ७० प्रतिशत करिब टिकटकटमा खर्च हुने गरेको अनुमान छ ।

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसबारे सर्वाेच्च अदालतमा शुक्रबार १० वटा रिटसमेत परेका छन् । ती रिटमाथि साेमबार सुनुवाई हुँदैछ ।

Related Articles

Back to top button