समाचार

एनसेलले मोबाइलमा छ्ठ कलर ट्युन नराख्दा वीरगञ्जका युवाहरूले एनसेलको सिमकार्ड तोडे

छठ पर्वको धुन अर्थात् गीत मोबाइलको कलर ट्यूनमा नराखेको भन्दै वीरगञ्जका युवाहरूले एनसेलको सिमकार्ड तोडेर फालेका छन् ।

मोबाइलबाट एनसेलको सिमकार्ड झिकेर तोडेको र त्यसपछि फालेको भिडियो वीरगञ्जका राज पासवानले सामाजिक सञ्जालमा राखेका हुन् । उक्त भिडियो धेरैले शेयर गरेर ‘एनसेल’लाई मधेश विरोधीको संज्ञा दिएका छन् ।

छठ पर्व हिन्दूहरुले मनाउने एक महत्त्वपूर्ण पर्व हो । छठको धुनलाई मोबाइल कलर ट्यून बनाउन एनसेल र सरकारी स्वामित्वको नेपाल टेलिकमलाई युवाहरूले सामाजिक सञ्जालमार्फत माग गरेका थिए ।

नेपाल टेलिकमले छठको धुन कलर ट्यूनमा राखेको छ । तर नीजि कम्पनी एनसेलले छठको धुनलाई कलर ट्यून नबनाएपछि आक्रोशित बन्दै युवाहरू एनसेलको सिमकार्ड तोडेका हुन् ।

Related Articles

Back to top button