समाचार

मन्जु धमलालाई सिंहदरबार भित्र छिर्न रोकियो

प्रहरीले सिंहदरबारमा सर्वसाधारण प्रवेश गर्ने दक्षिण गेट सहितका गेटहरूमा चेकजाँच कडाइ गरेको छ ।

असन्तुष्ट समूहले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रदर्शन गर्न सक्ने सुराकका आधारमा प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।सिंहदरबार भित्र छिर्ने सवारी साधन र पैदल यात्रुमा समेत कडा चेकजाँच गरिएको छ । प्रहरीले सवारी साधन तथा झोला चेकजाँच गरेर मात्रै प्रवेश अनुमति दिएको छ ।

बहिर्गमित लडाकुहरूले प्रदर्शन गर्न सक्ने सुराकका आधारमा उपत्यका प्रहरी कार्यालयले चेकजाँचमा कडाइ गर्न सिंहदरबार सुरक्षा कार्यालयलाई निर्देशन गरेको हो ।

Related Articles

Back to top button