
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्र कम्युनिष्ट पार्टी नभएको दाबी गरेका छन्।
बिजुक्छेंले दुवै पार्टीले आफूलाई कम्युनिष्ट भने पनि उनीहरुसँग कम्युनिष्टहरुमा हुनुपर्ने आचरण नभएको टिप्पणी गरेका हुन्। उनले भने, ‘माओवादी कम्युनिष्ट होइन। एमाले पनि उही हो। माओवादीमा माओवाद भन्ने नै छैन। उनीहरुले अब नाम नफेरी हुँदैन।’अध्यक्ष बिजुक्छेंले आफूलाई कम्युनष्टि भने पनि दलहरुले जनताका लागि केही नगरेको बरु नक्कली कुरा गरेर खाएको आरोप लगाए।
कम्युनिष्टमा हुनुपर्ने न्यूनतम मान्यता पनि कायम गर्न नसकेको उनले गुनासो गरे। दलहरुले समाजवाद भने पनि पुँजीवादलाई नै बलियो बनाउने काम गरेको उनले दाबी गरे।बिजुक्छेंले १२ बुँदे सहमतिपछि देशमा भारतीय हस्तक्षेप बढेको विश्लेषण गरे।
नेताहरुले विदेशीका लागि काम गर्ने तर देशका लागि नगर्ने प्रवृत्ति हावी हुँदै गएको आरोप बिजुक्छेंले लगाए।