राजनीतिसमाचार

दुर्गा प्रसाईंको समर्थनमा पोखरामा पनि प्रदर्शन

मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता,धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंको समर्थनमा पोखरामा पनि प्रदर्शन गरिएको छ ।

शुक्रबार पोखराको पृथ्वीचोकमा युवाहरुले ‘राजा आऊ, देश बचाउ’ नारासहित प्रदर्शन गरेका हुन् । उनीहरुले नाराबाजीसहित र्‍याली निकालेका थिए । प्रसाईंको माग र आन्दोलन अहिलेको अवस्थामा उपयुक्त भएकोले आफूहरुले साथ दिएको स्वतन्त्र युवा समूह कास्कीका संयोजक राजेश थापाले बताए ।

अहिलेका राजनीतिक दलबाट राजनीतिक बन्दी हुनुपरेको भन्दै मुक्तिका लागि आन्दोलन गरेको थापाले सुनाए ।

Related Articles

Back to top button