राजनीतिसमाचार

राजनीतिमा सक्रिय भएर अघि बढ्न प्रधानमन्त्रीले सुझाव दिनुभयो : एलिजा गौतम

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभिनेत्री एवं नागरिक उन्मुक्ति पार्टीकी पूर्व नेतृ एलिजा गौतमलाई सक्रिय रूपमा अघि बढ्न सुझाव दिएका छन् ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी गौतमलाई प्रचण्डले युवा पुस्ता निष्क्रिय भएर बस्न नहुने बताउँदै राजनीतिमा सक्रियताका साथ अघि बढ्न सुझाव दिएको बताइन् ।

प्रचण्डले समसामयिक राजनीतिक विषयमा कुराकानी गर्दै राजनीतिमा अघि बढ्न प्रचण्डले आफूलाई प्रेरित गरेको उनले बताइन् । उनले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भनिन्–‘तपाईंजस्तो युवा मान्छे निस्क्रिय बस्नु हुँदैन, राजनीतिमा अघि बढ्नुपर्छ यसरी चुप लागेर बस्नु हुँदैन । अगाडि बढेर देशका लागि केही गर्नुपर्‍यो ।’तपाई माओवादीमा प्रवेश गर्न लाग्नुभएको हो भन्ने प्रश्नमा गौतमले अहिले तत्काल यो बारेमा निश्चित नभए पनि भविष्यमा सो कुरा सम्भव पनि हुनसक्ने उल्लेख गरिन् ।

गौतमले इलाम क्षेत्र नम्बर २ मा रिक्त स्थानमा चुनाव लड्ने बताउँदै आएकी छिन् ।

 

Related Articles

Back to top button