समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणः को कति धरौटीमा छुटे ?

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका २० जना मध्ये ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर गरेको छ भने १२ जनामध्ये केहीलाई धरौटीमा र केही प्रतिवादीलाई तारेखमा छाडिएको छ ।

थुनछेकको आदेशविरुद्धको पुनरावेदनमा उच्च अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई छाड्न अस्वीकार गरिएको छ ।

अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा खाणलाई छाड्ने विषयमा दुईजनाबीच राय बाझिए पछि खाण थुनामुक्त हुन सकेनन् । खाणको बारेमा अब अर्को न्यायधीशको इजलासमा यसको सुनुवाइ हुने भएको छ ।

अदालतले रायमाझीसहित टेकनारायण पाण्डे, डा इन्द्रजित राई, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा, आङटावा शेर्पालाई थुनामै राख्ने आदेश दिएको छ ।

Related Articles

Back to top button