राजनीतिसमाचार

हाम्रै नेताहरूले देश बनाउन सक्छन् भन्ने सन्देश दिनुपर्छः शेखर कोइराला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ठूला राजनीतिक दलको नेतृत्वमा बस्नेहरूको आचरणका कारण जनतामा निराशा छाएको बताएका छन्।

कांग्रेस नवलपरासी पश्चिमको सम्मेलन शुक्रबार उद्घाटन गर्दै कोइरालाले भने, ‘अब जनतामा आशा जगाउन र देशलाई नयाँ ढंगले समृद्धिको बाटोमा लैजान ठूला दलका नेतृत्वमा बसेकाहरूले स-सम्मान नेतृत्व छाड्नुपर्छ। हाम्रै नेताहरूले देश बनाउन सक्छन् भन्ने सन्देश दिनुपर्छ।’दलका नेतृत्वमा बसेकाहरूले कुनै कालखण्डमा देश र प्रजातन्त्रका लागि राम्रो काम गरेको कोइरालाको भनाइ थियो।

नेता कोइरालाले गुट र उपगुटमा रमाउन छाडेर जनताका पक्षमा रचनात्मक काम गर्न कार्यकर्ताहरूलाई आग्रह पनि गरेका थिए।

Related Articles

Back to top button