राजनीतिसमाचार

राजतन्त्र फर्कन सक्दैन : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको गणतन्त्रमार्फत अगाडि बढ्ने सङ्कल्प गरिसकेको अवस्थामा राजतन्त्र फर्कन नसक्ने धारणा राख्नुभएको छ ।

पार्टीको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत आज डडेल्धुरामा आयोजित सभामा अध्यक्ष ओलीले केही तत्वहरु राजतन्त्र फर्काउन लागेको भन्दै त्यो सम्भव नभएको बताउनुभयो ।

उहाँले २०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्दै त्यसको १० वर्षमा बेरोजगारी अन्त्य भइ समृद्धि हासिल हुने जिकिर गर्नुभयो ।

Related Articles

Back to top button