खेलकुदराजनीतिसमाचार

नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढ्यो : मन्त्री लिम्बु

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपालको राजनीतिमा विदेशी शक्तिको चलखेल बढिरहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा भएको राष्ट्रिय युवा नीति बहस सम्बन्धी राष्ट्रिय कार्यशालामा बोल्दै उनले विदेशी शक्तिका कारण देशमा अस्थिरता भएको बताए। उनले राजनीतिक क्षेत्र अस्थिर हुँदा देशमा विकास हुन नसक्ने पनि बताए। राजनीति किन गर्ने? के पाइन्छ? भन्ने खालको प्रश्न युवाहरुले गर्ने गरेको भन्दै अब राम्रोका लागि दबाब सिर्जना गर्ने र राम्रोका लागि सुझाव दिनुपर्ने आवश्यकता रहेको बताए।

अबको नीति अग्रज, युवा र भावि पुस्तालाई जोड्ने गरी निर्माण हुनुपर्ने उनले बताए।

Related Articles

Back to top button