राजनीतिसमाचार

मुलुकमा आर्थिक संकट न्यूनीकरण हुँदैछ : प्रकाश ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकमा आर्थिक संकट न्यूनीकरण हुँदै गएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार सङ्घको १४औँ वार्षिक साधारणसभामा उनले जनताको आर्थिक अवस्था सुधार गर्न उत्पादन तथा उद्यमशीलताको विकास गर्नुपर्ने बताए । मन्त्री ज्वालाले मुलुकमा आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी जनतालाई आर्थिक-सामाजिक अधिकार प्रदान गर्न सकिने भन्दै जनताको आर्थिक तथा सामाजिक रूपान्तरण गर्न वैज्ञानिक समाजवाद कार्यान्वयनमा जोड दिए । सामाजिक न्याय, समानता तथा समृद्धि कायम गर्न विश्व परिवेशमा प्रयोग भएको समाजवादी व्यवस्थाले आर्थिक, वर्गीय, लैङ्गिक शोषण अन्त गर्न सक्ने उनको भनाइ थियो ।

मन्त्री ज्वालाले समाजवादमा शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षालगायत विषयलाई सर्वसाधारण नागरिकको पहुँचमा पुर्‍याउने विशेषता हुने भएकाले पत्रकारले पनि समाजवादी तथा ग्रामीण विकासका क्षेत्रलाई महत्त्व दिएर समाचार लेख्नुपर्ने सुझाव दिए ।

Related Articles

Back to top button