समाचार

धनकुटा मा वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

धनकुटाको पाख्रीबास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको घरमा आगलागी भएको छ ।

डाडाँखर्कस्थित घरमा शनिबार मध्यरातमा अज्ञात व्यक्तिले आगजनी गरेको गुरागाईंको भनाइ छ। घरको तल्लो तलामा बाहिरबाट ढोकामा साँचो लगाएर आगो लगाइदिएको गुरागाईंले बताए । घरको माथिल्लो तलामा सुतेका परिवारका सबै सकुसल रहेको बताए । आगलागीबाट तल्लो तलाका तीनकोठा पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनायो ।

तल्लो तलामा ओछ्यानमा भएका कपडा र भान्साको दुइवटा ग्यास सिलिन्डर एकै ठाउँमा राखेर आगो लगाएको गुरागाईंको दाबी छ । छिमेकीले भर्‍याङ राखेर उनीहरुलाइ जलिरहेको घरबाट उद्वार गरेका थिए। घट्नाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएयपी राजबाबु महर्जनले बताए ।

घटना शंकास्पद रहेको पाख्रिबास नगरप्रमुख ज्ञानबहादुर गुरुङले बताए ।

Related Articles

Back to top button