राजनीतिसमाचार

एमालेका नेता आजपा प्रवेश, प्रभु साहद्वारा पार्टीमा स्वागत

नेकपा एमालेको एक जना जिल्लास्तरीय नेता आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।

एमाले रूपन्देहीका नेता नारायण पाण्डे आजपामा गरेका हुन् । आम जनता पार्टी बागमती प्रदेश कमिटीको बैठकमा पाण्डेलाई केन्द्रीय अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गरेका थिए । पाण्डेलाई खादा र टिकासहित स्वागत गर्दै साहले उनलाई हार्दिक बधाई तथा शुभकामना दिए ।प्रतिनिधिसभा सदस्य समेत रहेका साहले वर्तमान व्यवस्थाको खारेजी गर्दै जनताको शासन हुने व्यवस्थाको पक्षमा वकालत गर्दै आएका छन् ।

उनले भ्रष्टाचारको विरोधमा पनि अभियान चलाउँदै भ्रष्टाचारीलाई कारबाही नभएसम्म देश विकास हुन नसक्ने तर्क गर्दै आएका छन् ।

Related Articles

Back to top button