समाचार

धनकुटामा ओलीमाथि हातपात

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटामा हातपातको प्रयास भएको छ ।

समृद्धिका लागि संकल्प यात्राका क्रममा धनकुटा प्रबेश गर्ने वित्तिकै अध्यक्ष ओलीमाथि दुर्व्यवहार भएको हो ।धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका स्थानीय महेश राईले स्वागतको क्रममा ओली माथि दुर्व्यवहार गरिएको थियो ।हातपात गर्ने प्रयास गरेका राईलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्व्यवहारको कारण खुल्न नसकेको भएपनि कोशी प्रदेश नामाकरणको विषयलाई लिएर पहिचाहनबादीहरुले ओली लगायतका केही नेताहरुलाई प्रदेश प्रवेशमा नै रोक लगाउने भन्दै आएका थिए ।

Related Articles

Back to top button