शिक्षासमाचार

गोदावरीका २८ शिक्षक पाठ्यक्रम कार्याशालामा सुरु

शिक्षा विकास तथा समन्वय इकाइ ललितपुरको आयोजनामा ललितपुरको गोदावरीमा नयाँ पाठ्यक्रम कार्यान्वयनका लागि शिक्षकलाई सहजीकरण कार्यशाला सुरु भएको छ।

गोदावरी नगरपालिका शिक्षा ,युवा तथा खेलकुद शाखाको संयोजन रहेको कार्यक्रममा अङ्ग्रेजी र गणित विषयका कक्षा ६-१० का २८ शिक्षकको सहभागिता रहेको शिक्षा अधिकृत विश्वास रोका मगरले जानकारी दिनु भयो ।इकाई प्रमुख निम प्रकाश सिं राठौरले वर्तमान पाठ्यक्रम सक्षमतामा आधारित भएकोले ज्ञान, सीप ,आचरणको विकासमा समेत ध्यान दिन जरुरी रहेको बताउनु भयो ।इकाई प्रमुख आफैंमा पाठ्यक्रम विज्ञ पनि हुनुहुन्छ ।गोदावरी शिक्षा शाखा प्रमुख दिनानाथ पन्थीले असल प्रश्नपत्र निर्माण तथा पाठ्यक्रम कार्यान्वयन गराउन सफलताको शुभकामना दिनुभयो ।

गोदावरीको बज्रबाराही माविमा सुरु भएको कार्याशाला दुई दिनसम्म चल्ने छ।जिल्लागत रुपमा तयार पारिएको रोष्टर शिक्षकबाट शिक्षकलाई नै तालिम राखिएको इकाई प्रमुख राठौरले प्रष्ट पार्नु भयो ।

Related Articles

Back to top button