राजनीतिसमाचार

कृषि उत्पादन वृद्धिका लागि आधुनिकीकरण आवश्यक: सभामुख

सभामुख देवराज घिमिरेले तीनै तहका सरकारहरुले कृषिलाई प्राथामिकतामा राखेर कार्यक्रमहरु अघि बढाउनुपर्ने बताउनु भएको छ ।

शुक्रबार ललितपुरमा आयोजित राष्ट्रिय खाद्य बैंक लिमिटेडको तेस्रो वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै सभामुख घिमिरेले कृषि सहकारीको माध्यामबाट कृषि क्षेत्रमा लगानी बढाउन र युवाहरुलाई कृषिमा आकर्षित गर्नुपर्नेमा जोड दिनु भएको हो ।कृषि उत्पादनको वृद्धिका लागि यसको आधुनिकीकरणमा पनि ‍उत्तिकै ध्यान दिनुपर्ने सभामुख घिमिरेले बताउनु भयो ।

”यो पेशाबाट खास आम्दानी नहुने पेशाको रुपबाट तिरस्कृत भएकोले गर्दा आज हामी खाद्यन्नमा आत्मनिर्भर भएको मुलुक, हिजो सुरुसुरुका दिनमा खाद्यन्न निर्यात गरेर आयआर्जन गर्ने र अन्य औद्योगिक वस्तुहरु त्यसको आम्दानीबाट प्राप्त गर्ने मुलुक आज हामी विदेशीहरुको भर पर्नुपर्ने एउटा निकै प्रतिकुल परिस्थिति आइरहेको छ,” घिमिरेले भन्नुभयो ।

सभामुख घिमिरेले युवाहरुलाई वैज्ञानिक ढंगबाट कृषि पेशामा आउनका लागि प्रेरित हुने खालका गतिविधिलाई बढावा दिनुपर्नेमा जोड दिनुभयो ।

Related Articles

Back to top button