समाचारसूचना प्रबिधि

काठमाडौँका विभिन्न स्थानमा भोलिबाट एक साताको लागि विद्युत् सेवा आपूर्ति नहुने

काठमाडौँका विभिन्न स्थानमा भोलिबाट एक साताको लागि विद्युत् सेवा आपूर्ति नहुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । आइतबारदेखि शनिवारसम्म बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

Related Articles

Back to top button