समाचार

राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा बागमती गाउँपालिकाले हाई जम्पमा प्रथम स्थान हासिल

ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित १४औ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड  प्रतियोगितामा बागमती गाउँपालिकाले हाई जम्पमा प्रथम स्थान हासिल गरेको छ।

प्रतियोगितामा बागमती गाउँपालिका बाट सहभागी हुनेहरूले १ स्वर्ण,५ कांस्यसहित कुल ६ पदकसहित मेडल हात परेका हुन् । महिला हाइजम्म तर्फ आस्कृता भोम्जनले पहिलो स्थान हासिल गरेकी छन् भने महिला ४×४०० मिटर दौड(रिले) तर्फ तेस्रो स्थान हासिल गर्दै प्रयासा डिम्डुङ,सविना गोले,एलिना पुलामी मगर,रस्मिता भोम्जन र पुरुष तर्फ ४×४०० मिटर दौडमा (रिले )अविनाश लो,अमित थिङ, सुमन बज्यू, अनीश भोम्जनले तेस्रो स्थान हासिल गर्न सफल भएका छन् ।

गत माघ ३ गते बाट सुरु भएको प्रतियोगितामा पुरुष तर्फ ४×१०० मिटर दौडमा अभिमान लो,अमित थिङ,सुमन बज्यू,अनीश भोम्जनले तेस्रो स्थान हासिल गर्न सफल भए भने  ८०० मिटर दौड तर्फ सुमन बज्यूले तेस्रो स्थान हासिल गरेका छन्।पुरुष भलिबल टिमको तर्फबाट तेस्रो स्थान हासिल गर्न सफल भएको जानकारी बागमती गाउँपालिका राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिता २०८० का ब्यबस्थापन तथा निर्देशक समिती सदस्य संयोजक गोविन्द राना मगर (रोदन) ले जानकारी दिएका छन्।

Related Articles

Back to top button