समाचार

माइतीघरमा लगाइएको निषेधाज्ञा फिर्ता गर्न माग गर्दै प्रदर्शन

माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै बृहत नागरिक आन्दोलनले प्रदर्शन गरेको छ।

शनिबार बबरमहलस्थित नेपाल कला परिषद् भवन अगाडिको सडकमा बृहत नागरिक आन्दोलनका केही व्यक्तिहरूले प्लाकार्ड बोकेर लिएर प्रदर्शन गरेका हुन्।उनीहरूले माइतीघरमा निषेधाज्ञा जारी गरेर जनताको अधिकारको संकुचन गरिएको बताएका छन्।

प्लाकार्डमा ‘लोकतान्त्रिक स्थानको संकुचन नगर’, ‘माइतीघरको निषेधाज्ञा खारेज गर’ लगायतका माग उल्लेख थियो।

Related Articles

Back to top button