शिक्षासमाचार

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा हालसम्म १६ जनाको आवेदन

त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा हालसम्म १६ जनाको आवेदन परेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको अध्यक्षतामा बनेको उपकुलपति सिफारिस समितिमा आइतबारसम्म १६ जनाको आवेदन परेको हो ।आवेदन दिने समय सोमबारसम्मका लागि तोकिएको छ । भोलिसम्म केही थप व्यक्तिहरूले समेत आवेदन दिने अपेक्षा गरिएको छ ।आइतबारमात्र त्रिविका पूर्व डीन गुणनिधी न्यौपाने, परीक्षा बोर्डका पूर्व अध्यक्ष प्राडा चन्द्रमणि भट्टराई लगायतले आवेदन दिएका छन् । त्यस्तै त्रिविकै पूर्व उपकुलपति तीर्थ खनियाले समेत आकांक्षा देखाएका छन् । तर, उनले आजसम्म आवेदन भने दिएका छैनन् ।

उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल १६ कात्तिक २०८० मा सकिएपछि शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको छ ।

Related Articles

Back to top button