खेलकुदसमाचार

आइसीसी यु-१९ विश्वकप क्रिकेटः नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै

दक्षिण अफ्रिकामा भइरहेको आइसिसी यु-१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले आज समूह चरणको दोस्रो खेल खेल्न लागेको हो ।समूह चरणको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले हारेकोले नेपाललाई अर्को चरणसम्म पुग्न आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । यही समूहमा रहेको पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो ।

नेपालले समूहको तेस्रो तथा अन्तिम खेल १२ गते अफगानिस्तानसँग खेल्नेछ ।विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

Related Articles

Check Also
Close
Back to top button