समाचार

नागढुंगा सुरुङमार्गको ९९ प्रतिशत सक्यो

नागढुंगा सुरुङमार्गको ९९ प्रतिशत काम सकिएको छ।

नागढुंगा सुरुङमार्ग आयोजनाका अनुसार अब १ प्रतिशत मात्रै सुरुङ खन्न बाँकी रहेको हो। कुल २६ सय ८८ मिटर लम्बाइको सुरुङमार्गमा २६ सय २२.४ मिटर खनिएको छ। अब सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन ५४.६ मिटर मात्रै बाँकी रहेको छ।

सुरुङमार्ग खन्नेकाम धमाधम भएपनि कंक्रिट लाइनिङको काम बाँकी छ। हालसम्म ५३.१ प्रतिशत मात्रै लाइनिङको काम बाँकी रहेको छ।

काम सकाउन अझै १ वर्ष लाग्ने आयोजनाले बताएको  छ।

Related Articles

Back to top button