खेलकुदसमाचार

नेपालले पाकिस्तानलाई दियो १ सय ९८ रनको लक्ष्य

नेपालले आईसीसी यू-१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा आज पाकिस्तानलाई १ सय ९८ रनको लक्ष्य दिएको छ ।

दक्षिण अफ्रिकाको जारी इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा १ सय ९७ रन बनाएको हो ।नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रन बनाए । यस्तै दीपक डुम्रेले २६, कप्तान देव खनालले २३, सुवास भण्डारीले २०, गुलशन झाले १८, आकाश चन्दले १६ र दीपेश कँडेलले १३ रन बनाए ।

नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।

Related Articles

Back to top button