समाचार

जाजरकोटका ३० जना बालबालिका मामाघरमा

जाजरकोटबाट भूकम्प पीडित ३० जना बालबालिका मामाघर अनाथालय सपाेर्ट एन्ड केयर सेन्टर ललितपुरले लिएको छ ।

भूकम्पमा परी अभिभावक गुमाएका वा अन्य विपत्तिमा परी समस्याका परेका कुशे र बारेकोट गाउँपालिकाका ३० जना बालबालिकाको हेरचाह अनाथालयले गर्ने भएको हो । बालबालिकाको शिक्षा, पालनपोषण मामाघर अनाथालय सपाेर्ट एन्ड केयर सेन्टर ललितपुरले गर्नेछ ।

स्थानीय समाजसेवी विकास रोकायाको  पहलमा कक्षा १२ सम्म निःशुल्क पढाइने गरी बालबालिकालाई मामाघर लगिएको हो । जाजरकोट यति वेला भूकम्पका कारण निकै समस्या छ, ,‘बालबालिकाको शिक्षा, दीक्षासमेत अभिभावकले दिन नसक्ने कुराको ख्याल गरी उनीहरूलाई त्यहाँ पठाइएको रोकायाको भनाइ छ ।

स्थानीय तहको सिफारिसमा निकै जोखिममा परेका बालबालिका छनाेट गरी पठाइएको समेत रोकायले जानकारी दिनुभयो । अनाथालयका कर्मचारीहरू  नै जाजरकोट पुगी सबै कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई ललितपुर लिएको विकासले जानकारी दिनुभयो ।

Related Articles

Back to top button