अर्थतन्त्रसमाचार

नेप्से १० अंकले बढ्यो

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। लगातार सात दिन घटेको नेप्से आइतबार १०.३७ अंकले बढेर दुई हजार ९४.४६ विन्दुमा पुगेको छ।

आज सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि एक अंकभन्दा कमले बढेका छन्।तीन सय ६ कम्पनीका एक करोड सात लाख ५१ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ८३ करोड ३७ लाख ७६ हजार रुपैयाँबराबरको कारोबार भएको छ। यस दिन ७० कम्पनीको सेयर मूल्य घट्दा एक सय ७३ कम्पनीको मूल्यमा वृद्धि भएको हो।

होटेल तथा पर्यटन समूह सर्वाधिक १.८६ प्रतिशतले घट्दा जलविद्युत्, अन्य र विकास बैंक क्रमशः १.३३, १.३२ र १.२२ प्रतिशतले बढेका छन्।कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स र ङादी ग्रुप शीर्ष स्थानमा छन्।

Related Articles

Back to top button