अन्यसमाचार

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ७ घाइते

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा वडा नम्बर ८ को कालागाउँकी १५ वर्षीया मनिसा बिष्ट रहेको छ। दोगडाकेदार गाउँपालिकाको सिल्लेगडाबाट कालागोरा गाउँ जाँदै गरेको सुपप्र ०१००२ ज १५३७ नम्बरको जीप मंगलबार दिउँसो वडा नम्बर २ को कटौजपानीमा दुर्घटनमा परेको हो।

जीपमा चालकसहित ८ जना सवार रहेको र अन्य ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।

Related Articles

Back to top button