अन्तर्राष्ट्रियसमाचार

कुहिरोका कारण भारतमा उडान तथा रेल सेवा प्रभावित

मङ्गलबार बिहान राजधानी र उत्तर भारतमा बाक्लो कुहिरोका कारण दृश्यता कम भएपछि दिल्ली जाने १९ वटा रेलहरू निर्धारित समयभन्दा पछि हिँडेको रेलवे अधिकारीहरूले जानकारी दिए ।

खराब मौसमका कारण जम्मुतवी–दिल्ली एक्सप्रेस, हावडा–दिल्ली डोरोन्थो, हावडा–दिल्ली राजधानी एक्सप्रेस, भुवनेश्वर–दिल्ली राजधानी एक्सप्रेस, डिब्रूगढ–दिल्ली राजधानी एक्सप्रेस र पुरी–दिल्ली एक्सप्रेस ढिला भएको थियो ।

रेवा–आनन्द विहार टर्मिनल, भागलपुर–आनन्दविहार एक्सप्रेस, बनारस–दिल्ली एक्सप्रेस, चेन्नई–दिल्ली एक्सप्रेस, हैदराबाद–दिल्ली एक्सप्रेस र रानीकमलापति–हजरत निजामुद्दीन एक्सप्रेस पनि प्रभावित भएका छन् ।

विमानस्थलले मङ्गलबार सूचना जारी गर्दै मापदण्ड पूरा नगर्ने उडानहरूले अवतरण र टेक–अफको समयमा अवरोधको सामना गर्न सक्ने बताएको छ ।

 

Related Articles

Back to top button