खेलकुदसमाचार

यू-१९ विश्वकप: बंगलादेशसँग भिड्दै नेपाल

दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आज सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

दिउँसो १:४५ मा सुरु हुने खेलमा नेपालका लागि औपचारिक्ता मात्र बाँकी रहँदा बंगलादेश भने सेमिफाइनलको झिनो अपेक्षा सहित मैदान उत्रिँदै छ।मंगलबार भएको खेलमा भारत र पाकिस्तानको जितसँगै बाँकी टिमको सम्भावना लगभग सकिएको हो। यद्यपि टेस्ट टोलीविरुद्ध नेपाल आफ्नो आत्माविश्वासी प्रदर्शन कायम राख्दै गतिलो छाप छोड्ने प्रयासमा मैदानमा उत्रिने छ।

समूह-१ मा नेपालसहित न्युजिल्यान्ड र आयरल्यान्डको सेमिफाइन पुग्ने सम्भावना सकिँदा बंगलादेशको झिनो सम्भावना नेपालको खेलमा निर्भर रहने छ। नेपालविरुद्ध बंगलादेश फराकिलो जित चाहन्छ। तर नेपालले बंगलादेशको अपेक्षालाई निस्तेज पार्दिन सक्ने छ।

नेपाल सुपर सिक्समा अङ्कविहीन रुपमा रहँदा बंगलादेश समूहचरणबाट २ अङ्क सहित सुपर सिक्समा पुगेको छ।

Related Articles

Back to top button